काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक इन अवधि असार ३० गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता सेयर रहेको छ । धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

