काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङ २०१९ पछि पहिलो पटक दुई दिने आधिकारिक भ्रमणका लागि उत्तर कोरिया पुगेका छन्। राजधानी प्योङयाङमा आइपुग्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।
त्यसपछि सी जिनपिङ र उत्तर कोरियाका नेता किम जोङ उनबीच शिखर बैठक सम्पन्न भयो । जसमा दुवै नेताले द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, सोमबार राति आयोजित एक डिनर कार्यक्रममा सी जिनपिङले चीन र उत्तर कोरिया पहाड र नदीहरूले जोडिएका र साझा नियति भएका देशहरू भएको बताए।
उनले किम जोङ उनसँग समयका प्रवृत्तिहरूलाई बुझ्ने तथा उच्चस्तरीय सहकार्यका साथै जनस्तरका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण सहमति भएको पनि उल्लेख गरे।

