शुक्रबार, असार २६,२०८३ 11:09:54
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:09:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोरोला नाकाबाट भित्रिएका ६४९ ईभीमा कैफियत नदेखिएको निष्कर्ष

Laxmi Sunrise Bank Limited
कोरोला नाकाबाट भित्रिएका ६४९ ईभीमा कैफियत नदेखिएको निष्कर्ष

काठमाण्डौ । मुस्ताङको कोरला नाकाबाट भित्रिएका ६४९ थान विद्युतीय सवारी साधन (इभी) कानूनी प्रक्रियाबाटै आयात भएको पुष्टि गरिएको छ ।

अर्थ मन्त्रालयको निर्देशनमा गठन गरिएको छानबिन समितिले स्थलगत अध्ययन तथा कागजात परीक्षणपछि तयार पारेको प्रारम्भिक प्रतिवेदले यस्तो निष्कर्ष निकालेको हो ।  

छानबिन समितिका अनुसार उक्त सवारीहरू जेठ १२ र १३ गते नै भन्सार जाँचपास सम्पन्न गरी नेपाल भित्रिएको पुष्टि भएको छ । साथै, जेठ १४ गतेसम्म सम्बन्धित भन्सार अधिकृत काठमाडौं फर्किसकेकाले सवारी यार्डमा नपुग्दै जाँचपास गरिएको भन्ने आरोप तथ्यहीन देखिएको जनाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

राजस्व छलिको आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका ती विद्युतीय सवारीको विषयमा अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा संयुक्त छानबिन समिति गठन गरिएको थियो। उक्त समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सहभागी थिए ।

प्रारम्भिक प्रतिवेदनअनुसार कोरला नाकाबाट आयात गरिएका सवारी साधनमा कुनै अनियमितता वा कानुनी त्रुटि फेला नपरेको बताइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, छानबिनबाट कुनै कैफियत नदेखिए पनि सशस्त्र प्रहरीले माथिल्लो तहबाट निर्देशन नआएको भन्दै सवारी साधनहरू हालसम्म नछोडेको स्रोतले जनाएको छ ।

छानबिन टोलीले मुस्ताङ पुग्नुअघि पर्वत र कास्की जिल्लामा नियन्त्रणमा रहेका विद्युतीय सवारीको पनि अनुगमन गरेको थिया े। अनुसन्धानका क्रममा पोखराको हेम्जामा ९८ वटा र पर्वतको कुश्मामा १७ वटा ईभीको निरीक्षण गरिएको थियो । साथै, कोरला नाकाबाट भन्सार प्रक्रिया पूरा गरी लोमान्थाङ हुँदै जोमसोम ल्याइएका २६६ वटा सवारी साधनको समेत स्थलगत अध्ययन गरिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.