शुक्रबार, असार २६,२०८३ 01:41:00
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 01:41:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव

Laxmi Sunrise Bank Limited
नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते धादिङको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको  हो ।  

सभामा सेयर संरचना परिवर्तन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यससम्बन्धी नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा वित्तीय संस्थाको समुह ‘क’ संस्थापक शेयरधनीहरू मध्येबाट ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने, समुह ‘ख’ सर्वसाधारण सेयरधनीहरू मध्येबाट रिक्त रहेको १ जना सञ्चालकको बाँकी कार्यकालको लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनको संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.