शनिबार, श्रावण ९,२०८३ 07:56:00
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:56:00
Bizshala
Global IME Bank Limited

विजय लघुवित्तद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

विजय लघुवित्तद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको १ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा संस्थाको कुल चुक्तापूँजीको ९.२२ प्रतिशतले हुने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, संस्थाका प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पूँजी संरचना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालको नियुक्तीबारे जानकारी समेत प्रदान गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.