बिहीबार, असार ११,२०८३ 05:38:27
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:38:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी, फ्युल इन्जेक्सन प्रविधि अंगालेको १५ वर्ष पूरा

Laxmi Sunrise Bank Limited
यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी, फ्युल इन्जेक्सन प्रविधि अंगालेको १५ वर्ष पूरा

काठमाण्डौ । यामाहाले नेपालमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्गीकार गरेको १५ औं वर्ष पूरा भएको छ। यस उपलब्धीलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।  

यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको कम्पनीले दाबी गरेको छ । ।

फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदुषण समेत घटाएको छ। नवप्रवर्तनको निरन्तर अध्ययन र खोजका लागि परिचित यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नको लागि प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको कम्पनीले उल्लेख गरेको छ।

New Office
CG Motors
Garima Development Bank

एफजेड शृङ्खलाका सबै बाइकहरूमा प्राप्त हुने यो १० वर्षको वारेन्टीले गुणस्तर, स्थायित्व र ग्राहक सन्तुष्टिप्रति यामाहाको बलियो प्रतिबद्धतालाई सङ्केत गर्ने कम्पनीको धारणा छ ।  

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने,‘यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्दित छौं।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.