आईतवार, कार्तिक ८,२०८३ 12:39:58
  • आईतवार, कार्तिक ८,२०८३ 12:39:58
Global IME Bank Limited

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १८ जनाको मृत्यु, ४ इजरायली सैनिक पनि मारिए

Bizshala
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १८ जनाको मृत्यु, ४ इजरायली सैनिक पनि मारिए
New Office

काठमाण्डौ । दक्षिणी लेबनानमा भएको श्रृंखलाबद्ध इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही समयमा इजरायली सेनाले आफ्ना चार सैनिक मारिएको पुष्टि गरेको छ।

इजरायली रक्षा बलले लेबनानमा सक्रिय इरान समर्थित समूह हिज्बुल्लाहसँग सम्बन्धित करिब ८० लक्ष्यमा आक्रमण गरेको बताउँदै दर्जनौं लडाकुहरू मारिएको दाबी गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हिज्बुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैन्य समूहमाथि घात लगाएर आक्रमण गरेको र तीन वटा ट्याङ्क नष्ट गरेको दाबी गरेको छ। साथै, रकेट तथा तोपखाना आक्रमणमार्फत इजरायली सेनालाई लक्षित गरिएको बताइएको छ।

यो घटनाक्रम संयुक्त राज्य अमेरिका र इरानबीच हालै भएको युद्धविराम सम्झौताको एक दिनपछि भएको हो। उक्त सम्झौताले लेबनानसहित मध्यपूर्वमा शत्रुता अन्त्य गर्ने लक्ष्य राखेको थियो। तर इजरायल र हिज्बुल्लाहबीच आक्रमणहरू निरन्तर जारी रहँदा युद्धविरामको भविष्यबारे प्रश्न उठेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

इजरायलले भने लेबनानबाट आफ्ना सेना फिर्ता नलिने अडान दोहोर्याउँदै हिज्बुल्लाहसँगको संघर्षलाई इरानसँगको युद्धभन्दा अलग विषय भएको बताएको छ। जरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चार सैनिकको मृत्युप्रति समवेदना व्यक्त गर्दै हिज्बुल्लाहमाथि पूर्ण शक्तिका साथ प्रतिकार गर्ने निर्देशन दिएको बताएका छन्।

त्यस्तै, लेबनानमा भएको विनाशप्रति अन्तर्राष्ट्रिय समुदायबाट चिन्ता व्यक्त गरिएको छ। फ्रान्सका विदेशमन्त्रीले इजरायललाई युद्धविराम सम्झौताको पालना गर्न आग्रह गरेका छन्। अमेरिकी पक्षबाट पनि क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेको जनाइएको छ, यद्यपि वार्ता प्रक्रियामा ढिलाइ भएको बताइएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला महिनामा जारी संघर्षका क्रममा हजारौँ मानिस मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्। दक्षिणी लेबनानका धेरै बस्तीहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.