बिहीबार, आश्विन १,२०८३ 09:32:35
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:32:35
Bizshala
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफले पायो ‘Corporate Life Insurance of the Year 2026’ अवार्ड

सानिमा रिलायन्स लाईफले पायो ‘Corporate Life Insurance of the Year 2026’ अवार्ड
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिटएन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

उक्त समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो। 

Muktinath Bikas Bank Limited

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेकोछ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.