मंगलवार, श्रावण १९,२०८३ 04:39:56
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:39:56
Bizshala
Global IME Bank Limited

विश्वकपमा ब्राजिललाई ठूलो राहत, नेयमार स्कटल्यान्डविरुद्ध टिममा फर्किने सम्भावना

विश्वकपमा ब्राजिललाई ठूलो राहत, नेयमार स्कटल्यान्डविरुद्ध टिममा फर्किने सम्भावना
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलअघि ब्राजिलले ठूलो राहत महशुस गरेको छ। टोलीका स्टार फरवार्ड नेयमार चोटमुक्त हुँदै मैदान फर्किने तयारीमा रहेका छन्।

पिँडुलाको चोटका कारण प्रतियोगिताका पहिलो दुई खेल गुमाएका नेयमारले शनिबार अमेरिकाको न्यू जर्सीमा बलसहित अभ्यास गर्दै पुनरागमनको संकेत दिएका छन्। ब्राजिलियन क्लब सान्तोसका ३४ वर्षीय फरवार्डको स्वास्थ्य अवस्थामा अपेक्षाभन्दा छिटो सुधार देखिएपछि स्कटल्यान्डविरुद्धको खेलमा उनलाई उतार्ने तयारी गरिएको छ।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारको पुनरागमन लगभग निश्चित भएको संकेत दिएका छन्। एन्सेलोटीका अनुसार नेयमारले सुरुआतमा व्यक्तिगत अभ्यास गर्नेछन् भने त्यसपछि टोलीसँग सामूहिक प्रशिक्षणमा सहभागी हुनेछन्।

‘नेयमारले व्यक्तिगत रूपमा अभ्यास शुरु गर्नेछन् र त्यसपछि टोलीसँग प्रशिक्षण गर्नेछन्। उनी स्कटल्यान्डविरुद्धको खेलका लागि उपलब्ध हुनेछन्, एन्सेलोटीले बताए।

नेयमारको अनुपस्थितिमा ब्राजिलले समूह चरणको सुरुआती खेलमा मोरक्कोसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा हाईटीलाई ३–० ले पराजित गर्दै लय समातेको छ। उक्त जितमा माथेउस कुन्हा र भिनिसियस जुनियर चम्किएका थिए।

हाल ब्राजिलको खातामा चार अंक रहेको छ। स्कटल्यान्डविरुद्ध पराजित नभए ब्राजिल नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहनेछ।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारको सम्भावित पुनरागमनले टोलीको मनोबल मात्र नभई आक्रमणपंक्तिलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यदि प्रशिक्षणका क्रममा कुनै नयाँ समस्या नदेखिएमा उनी मियामीमा हुने निर्णायक खेलमार्फत विश्वकपमा पहिलो पटक मैदान उत्रनेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.