सोमबार, श्रावण १८,२०८३ 06:49:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:49:56
Bizshala
Global IME Bank Limited

हेटौँडा कपडा उद्योग २६ वर्षपछि पुनः सञ्चालनको तयारी, सरकारी अनुगमन र सक्रियता तीव्र

हेटौँडा कपडा उद्योग २६ वर्षपछि पुनः सञ्चालनको तयारी, सरकारी अनुगमन र सक्रियता तीव्र
New Office

काठमाण्डौ । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारी तीव्र बनेको छ। उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन तथा तयारीका लागि सरकारी निकायहरूले स्थलगत अनुगमन र समन्वयलाई तीव्रता दिएका छन्।

विसं २०३२ मा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको उक्त उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ। त्यसयता उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासहरू भए पनि ती सफल हुन सकेका थिएनन्।

हाल सरकारले रुग्ण उद्योग पुनः सञ्चालनलाई प्राथमिकतामा राखेसँगै हेटौँडा कपडा उद्योगप्रति विशेष चासो देखाएको छ। उद्योगभित्रका अधिकांश मेसिनरी सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा रहेका छन्, जसले तत्काल सञ्चालनको सम्भावना बढाएको छ।

सरकारी स्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समन्वय गरिरहेको छ। यसै क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गर्दै पुनः सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको जानकारी दिएकी छन्। उनका अनुसार कपडा उद्योगसँगै बुटवलस्थित धागो कारखाना र बाँकेको कपास उत्पादन कारखाना समेत पुनः सक्रिय गरिने योजना रहेको छ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उद्योगको स्थलगत निरीक्षण गरी वर्तमान अवस्थाबारे जानकारी लिएको छ।

विसं २०७५ देखि उद्योग परिसरमा सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। त्यसअघि असुरक्षा र अव्यवस्थित अवस्थाका कारण क्षेत्र प्रभावित भए पनि हाल सशस्त्र प्रहरीको उपस्थितिले सुरक्षा व्यवस्था सुदृढ भएको बताइएको छ।

सरकारी पहलसँगै हाल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ तथा व्यवस्थापनमा समेत सहयोग पुर्‍याइरहेका छन्।

सरकारले चालु आर्थिक वर्षमै उद्योग पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.