काठमाण्डौ । अमेरिकासँग वार्ता जारी रहेको क्रममा इरानका एकजना सांसदले स्ट्रेट अफ हर्मुजको अन्तिम निर्णय इरानले गर्ने बताएका छन् । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले स्ट्रेट अफ हर्मुज इरानको सम्प्रभुताको प्रतिक रहेको समेत बताए ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तिमी(अमेरिका) धम्कि देउ, हामी कारवाही गर्छौ । स्ट्रेट अफ हर्मुज न त तिम्रो निजी क्यासिनो हो न त आधुनिक समुन्द्री डाकुहरुको अड्डा ।’
उनले थप लेखेका छन् ,‘यो इरानको सम्प्रभुताको प्रतिक हो र यसबारे अन्तिम निर्णय इरानका जनता र उसको बहादुर सेनाको हातमा छ ।’ इरानले लेबनानमा भईरहेको झडपपश्चात शनिबार स्ट्रेट अफ हर्मुज बन्द गरेको दाबी गरेको छ । तथापी अमेरिकाले भने इरानको उक्त दाबीलाई नकारेको छ ।

