बुधबार, आश्विन १४,२०८३ 09:28:02
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:28:02
Bizshala
Global IME Bank Limited

इरानले भन्यो, ‘ट्रम्पको धम्किपछि अमेरिकासँगको वार्ता बीचमै छोडेर गएका थियौ’

Bizshala
इरानले भन्यो, ‘ट्रम्पको धम्किपछि अमेरिकासँगको वार्ता बीचमै छोडेर गएका थियौ’
New Office

काठमाण्डौ । स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्ता समाप्त भएको छ, जसबारे इरानी वार्ताकार मोहम्मद बग्गर गालिबाफले जानकारी दिएका छन्।

गालिबाफले सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति असन्तुष्टि जनाउँदै आफू बैठक छोडेर बाहिरिएको र त्यसपछि अमेरिकी पक्षले मध्यस्थकर्तामार्फत अर्को बैठकको आग्रह गरेको बताए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इरानको हैदराबाद कन्सुलेटले गालिबाफको एक भिडियो क्लिप सार्वजनिक गरेको छ, जसमा उनी मिडियासँग कुरा गरिरहेका छन्। उक्त भिडियोमा गालिबाफले भनेका छन्, ‘८० मिनेटको वार्तापछि मलाई थाहा भयो कि ट्रम्पले हाम्रो राष्ट्रपति, हाम्रो वार्ता टोली र हाम्रो क्षेत्रमाथि आक्रमण गर्ने धम्की दिएका छन्। मैले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भने कि हामी यहाँ वार्ताका लागि आएका हौं। सम्झौताको पहिलो सर्तमै स्पष्ट रूपमा लेखिएको छ कि कुनै धम्की वा दबाब हुनु हुँदैन। तर आज तपाईंका राष्ट्रपतिले धम्की दिनुभएको छ। बुझ्नुस्, हामी धम्की वा दबाबको अवस्थामा वार्ता गर्दैनौं।’

गालिबाफले थप भने, ‘हामीले वार्ता समाप्त गर्यौ र बैठकबाट बाहिर निस्कियौं र फेरि फर्किएनौ। पछि अमेरिकी पक्षले मध्यस्थकर्तामार्फत अर्को बैठकको प्रस्ताव गर्यो, तर हामीले अस्वीकार गर्यौ। कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरू हामीकहाँ आए, र हामीले उनीहरूलाई हामी उनीहरूसँग कुरा गर्छौ, तर अमेरिकी पक्षसँग प्रत्यक्ष कुरा गर्दैनौ भन्यौ ।’

उनका अनुसार वार्ताको निष्कर्ष त्यही हो, जसबारे पाकिस्तान र कतारले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.