शनिबार, श्रावण २,२०८३ 11:18:25
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:18:25
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण
New Office

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असार १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरे।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका उच्च पदस्थ अधिकारी तथा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बालाजु शाखा प्रमुख मदन खतिवडा समेतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सहयोग स्वरुप प्राप्त सामग्रीहरूले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस प्रकारको सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । 

उक्त कार्यक्रममा आफनो धारणा राख्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले ‘सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको जनाउँदै यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नका लागि कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ उक्त सामाग्री उपलब्ध गराएको हो ।’

सन नेपाल लाइफले १५० शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.