शनिबार, श्रावण १६,२०८३ 03:34:48
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 03:34:48
Bizshala
Global IME Bank Limited

अमेरिकाले फेरि गर्यो इरानमाथि हमला

अमेरिकाले फेरि गर्यो इरानमाथि हमला
New Office

काठमाण्डौ । स्ट्रेट अफ हर्मुजमा पानामाको झण्डा बोकेको एउटा जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका विभिन्न स्थानहरूमा नयाँ सैन्य हमला गरेको जनाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको पुष्टि गर्दै यो कदम व्यापारिक जहाजहरूविरुद्ध भइरहेका लगातार आक्रामक गतिविधिहरूको प्रत्यक्ष जवाफस्वरूप चालिएको जनाएको छ।

सेन्टकमका अनुसार निशानामा परेका स्थानहरूमा सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित संरचनाहरू समावेश छन्।

जारी विज्ञप्तिमा सेन्टकमले भनेको छ, ‘इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर उसले त्यसो गरेन। इरानी सेनाले एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरी एमरटी किकूमाथि आक्रमण गर्‍यो।’

एम/टी किकू पानामाको झण्डा बोकेको एक तेल ट्यांकर हो। सेन्टकमका अनुसार उक्त ट्यांकरले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर स्ट्रेट अफ हर्मुज नजिकबाट यात्रा गरिरहेको थियो।

सेन्टकमले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारिक जहाजहरूको आवतजावत भने निरन्तर जारी रहेको पनि जनाएको छ।

यस घटनापछि भएका अमेरिकी आक्रमणबारे इरानले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.