काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।
कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सिमाना भएर बहने काबेली नदिमा निर्माण गरी सञ्चालन गरेको काबेली बी–१ आयोजनामा विद्युत उत्पादन पुनःसुरुभएको हो ।
गत जेठ ३२ गतेदेखि पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनका विभिन्न संरचनामा क्षति भई काबेली बी–१ आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो ।
कम्पनीको उक्त क्षति पुगको संरचनाहरु मर्मत तथा संभार गरी माघ १० गते बिहान ३ बजेदेखि आयोजना पुनःसञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनःसुरु गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।