मंगलवार, श्रावण ५,२०८३ 09:29:00
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:29:00
Bizshala
Global IME Bank Limited

रिलायबल नेपाल लाइफद्वारा केवाईसी विवरण अद्यावधिक गर्न आग्रह

रिलायबल नेपाल लाइफद्वारा केवाईसी विवरण अद्यावधिक गर्न आग्रह
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण विद्यमान बीमित ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाईसी) यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा नेपाल बीमा प्राधिकरण को निर्देशिका, २०८२ बमोजिम केवाईसी अद्यावधिक गर्न आवश्यक भएको जनाएको छ।

कम्पनीका अनुसार बीमित ग्राहकहरूले राष्ट्रिय परिचयपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा ठेगाना, सम्पर्क नम्बर, इमेल, पेशा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएको भए आवश्यक कागजातसहित आफ्नो नजिकको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई केवाईसी फाराम भर्न सक्नेछन्।

त्यस्तै, कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकहरूले कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गरी वा सम्बन्धित अभिकर्तामार्फत प्राप्त गरेर आवश्यक कागजातसहित कम्पनीको आधिकारिक इमेल वा व्हाट्सएपमार्फत समेत विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले केवाईसी विवरण अद्यावधिक नगर्ने ग्राहकका हकमा प्रचलित कानूनी तथा नियामकीय व्यवस्थाअनुसार आवश्यक परे केही बीमा सेवामा सीमितता वा प्रतिबन्ध लागू हुन सक्ने भएकाले समयमै विवरण अद्यावधिक गर्न सबै बीमितलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.