रिलायबल नेपाल लाइफका सञ्चालक कार्कीको राजीनामा स्वीकृत
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक डा. भिष्म कार्कीको राजीनामा स्वीकृत भएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।