रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले संस्थाका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरे ।

