शुक्रबार, श्रावण २२,२०८३ 12:45:43
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:45:43
Bizshala
Global IME Bank Limited

लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी माघ २९ गते सोमबार बिहान ११ बजे काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्यांक्वेटमा आयोजना हुनेछ ।  

उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १६.८४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिनेछ ।  

यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांस वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.