शनिबार, असार १४,२०८२ 02:31:17
  • शनिबार, असार १४,२०८२ 02:31:17
Global IME Bank Limited

लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी माघ २९ गते सोमबार बिहान ११ बजे काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्यांक्वेटमा आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १६.८४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिनेछ ।  

यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांस वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.