• शनिबार, भाद्र २८,२०८२ 09:25:34
Global IME Bank Limited

रिलायबल नेपाल लाइफको सेयरबजारमा १८ करोड लगानी, सबैभन्दा बढी नेपाल बैंकमा

Hyundai Nepal
रिलायबल नेपाल लाइफको सेयरबजारमा १८ करोड लगानी, सबैभन्दा बढी नेपाल बैंकमा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा सेयरबजारमा लगानी घटेको हो ।  

गत आर्थिक वर्षमा कम्पनीले २१ कम्पनीको सेयरमा कुल १८ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले अधिकांश कमर्सियल बैंकको सेयरमा लगानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १५ वटा बैंकको सेयरमा १५ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, अघिल्लो वर्ष लगानी रहेको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक र साविक बैंक अफ काठमाण्डूको सेयरबाट कम्पनी बाहिरिएको छ । यसकारण पनि कम्पनीको कुल लगानी घटेको देखिएको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित ६ वटा बैंक र मल्टिपर्पस फाइनान्सको सेयरमा कम्पनीको लगानी घटेको छ, भने कुमारी बैंकसहित ८ वटा बैंकको सेयरमा लगानी बृद्धि भएको छ ।  

यसका साथै कम्पनीले गत आवमा एचआईडीसीएल, ४ वटा म्युचुअल फण्ड र सिद्धार्थ बैंकको प्रोमोटर सेयरमा लगानी थपेको छ ।

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.