शनिबार, असार १४,२०८२ 02:52:44
  • शनिबार, असार १४,२०८२ 02:52:44
Global IME Bank Limited

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)

Hyundai Nepal
जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् ।  

बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको यसै अवधिको तुलनामा ३.५८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म १४ जीवन बीमा कम्पनीले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी, सन–नेपाल लाइफ र एलआइसी नेपालबाहेक सबै कम्पनीले गत वर्षको तुलनामा व्यवसाय बृद्धि गरेका छन् ।  

पुष मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म २० अर्ब २ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर नम्बर वान स्थान कायम गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले पनि पुष मसान्तसम्म ८ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर दोस्रो बढी व्यवसाय भित्र्याउने जीवन बीमा कम्पनी बनेको छ । यता एलआईसी नेपाललाई पच्छ्याउँदै नेशनल लाइफले पनि ८ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  

यसका साथै हिमालयन लाइफले पनि ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७५ करोड, सुर्यज्योति लाइफले ४ अर्ब २८ करोड, एशियन लाइफले ३ अर्ब ७२ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ८५ करोड, सिटिजन लाइफले २ अर्ब ७३ करोड, मेट लाइफले २ अर्ब ६८ करोड, आइएमई लाइफले २ अर्ब १० करोड, प्रभु महालक्ष्मीले २ अर्ब ३ करोड, रिलायबल नेपालले १ अर्ब ९३ करोड र सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँमाथि बीमा शुल्क संकलन गरेको छ ।  

बृद्धिदरमा को अघि ?  

गत वर्षको तुलनामा तीन कम्पनीको व्यवसायमा गिरावट आएको छ, भने बाँकी ११ वटा कम्पनीले जीवन बीमा व्यवसाय बढाउन सफल भएका छन् ।  

सबैभन्दा बढी व्यवसाय बढाउन प्रभु महालक्ष्मी लाइफ अब्बल देखिएको छ । कम्पनीले गत वर्षको तुलनामा १४.०१ प्रतिशतले व्यवसाय बृद्धि गरेको छ । त्यस्तै, नेशनल लाइफले पनि ११.४६ प्रतिशतले बीमा शुल्क संकलन बृद्धि गरेको छ, भने हिमालयन लाइफले ८.८३ प्रतिशतले व्यवसाय बढाएको छ ।  

आइएमई लाइफले ८.१७ प्रतिशत, एशियन लाइफले ७.६९ प्रतिशत, नेपाल लाइफले ७.४६ प्रतिशत, मेट लाइफले ७.३६ प्रतिशत, सानिमा रिलायन्सले ३.८१ प्रतिशत, सूर्यज्योतिले ३.११ प्रतिशत र सिटिजन लाइफले २.७४ प्रतिशतले व्यवसाय बढाएका छन् ।  

साथै गत वर्षको तुलनामा सबैभन्दा बढी व्यवसाय राष्ट्रिय जीवन बीमा कम्पनीको २२.५७ प्रतिशतले घटेको छ ।  

त्यस्तै, सननेपाल लाइफको ८७.४३ प्रतिशत र एलआइसी नेपालको १.१८ प्रतिशतले घटेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.