काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५२.६७ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०६.९९ रुपैयाँ कायम थियो ।
आर्थिक वर्ष २०८०/८१ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी असार २ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि आयोजना हुने कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।