काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १७६ जना सवारीचालक ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १५९ जना र तीव्र गतिमा सवारी चलाउने २०२ जना रहेका छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, फुटपाथ तथा सडकमा सवारी पार्किङ गर्ने ११० जना, एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ६६ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५५ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
कारबाहीबाट कुल रु १० लाख ६२ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।