सोमबार, श्रावण १८,२०८३ 04:47:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:47:58
Bizshala
Global IME Bank Limited

बञ्चरेडाँडा जोगाउन महानगरको नयाँ मोडल: फोहरको भारअनुसार स्थानीय तहबाट खर्च साझेदारी

बञ्चरेडाँडा जोगाउन महानगरको नयाँ मोडल: फोहरको भारअनुसार स्थानीय तहबाट खर्च साझेदारी
New Office

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र फोहर व्यवस्थापनलाई दिगो बनाउन उपत्यकासहित आसपासका स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने अवधारणा अघि सारेको छ ।

महानगरपालिकाका अनुसार फोहर व्यवस्थापनको सम्पूर्ण बोझ काठमाडौं महानगरमाथि मात्र पर्ने अवस्था दीर्घकालीन समाधान होइन । हाल काठमाडौं उपत्यकाका साथै काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहबाट उत्पादन हुने फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसैले फोहर उत्पादन गर्ने सबै स्थानीय तहले आफ्नो हिस्साको जिम्मेवारी लिनुपर्ने महानगरको धारणा छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बञ्चरेडाँडा ल्यान्डफिल साइट, त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक कार्यक्रमका लागि महानगरले वार्षिक करिब एक अर्ब रुपैयाँ खर्च गर्दै आएको बताइन् । उनले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्रोतमै वर्गीकरण, पुनःप्रयोग र पुनःचक्रीय प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

 

 

डङ्गोलका अनुसार महानगरले फोहरको भारका आधारमा स्थानीय तहबीच वित्तीय साझेदारी गर्ने मोडल अघि सारेको हो । काठमाडौं महानगर क्षेत्रमा तुलनात्मक रूपमा बढी फोहर उत्पादन हुने भएकाले कुल खर्चको करिब ५० प्रतिशत जिम्मेवारी लिन आफूहरू तयार रहेको उनले स्पष्ट पारेकी छन् ।

महानगरको बुझाइमा यस्तो साझेदारीले स्थानीय तहहरूलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनप्रति अपनत्व बोध गराउनेछ । यसले बञ्चरेडाँडामा जाने फोहरको मात्रा घटाउने, ल्यान्डफिल साइटको आयु बढाउने र दीर्घकालीन व्यवस्थापन प्रणाली निर्माण गर्ने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले पछिल्लो समय स्रोतमै फोहर वर्गीकरण गरेर मात्र ल्यान्डफिल साइटमा पठाउने अभ्यासलाई प्राथमिकता दिएको छ । कुहिने, नकुहिने, पुनःप्रयोग गर्न सकिने र पुनःचक्रीय प्रयोग हुने फोहर छुट्याउन सकिए बञ्चरेडाँडामा पर्ने चाप उल्लेख्य रूपमा घटाउन सकिने महानगरको निष्कर्ष छ ।

यसै विषयमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी, महानगरको वातावरण व्यवस्थापन विभाग र सम्बन्धित अधिकारीबीच छलफल भएको महानगरपालिकाले जनाएको छ । छलफलमा बञ्चरेडाँडाको आयु बढाउन प्रयोग गर्न सकिने प्रविधि, पूर्वाधार र व्यवस्थापन विधिबारे कुराकानी भएको थियो ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्षौंदेखि संवेदनशील र जटिल विषय बन्दै आएको छ । बञ्चरेडाँडामा निर्भरता बढ्दै जाँदा महानगरले अब खर्च, प्रविधि र जिम्मेवारीलाई साझा बनाउने मोडल अघि सार्न खोजेको देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.