काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडद्वारा इलाम जिल्लामा सञ्चालित ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।
२०८२ साल असोज १७ गतेदेखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो। प्राकृतिक विपत्तिका कारण अवरुद्ध भएको आयोजनाको संरचना मर्मत तथा आवश्यक पुनःस्थापना कार्य सम्पन्न गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
आयोजना सञ्चालनमा आएसँगै विद्युत उत्पादन नियमित रूपमा सुरु भएको कम्पनीले जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।