काठमाण्डौ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार देखिएसँगै विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्दो छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा ७ हजार भन्दा बढी विद्युतीय सवारी (ईभी) भित्रिएका छन् ।
यस्तो तथ्याङ्कले नेपालमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढेर नेपाली अटो बजार ईभीमय बनेको संकेत गरेको छ । नेपाली अटो बजारमा विद्युतीय सवारीको प्रयोग बढेसँगै विभिन्न वितरकहरु समेत ईभी गाडी भित्राउन होमिएका छन् ।
विगत ७ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक बितरकको रुपमा चीनको विश्व प्रख्यात ब्राण्ड स्काईवेल प्रीमियम लक्जरी ‘ईभी एसयुभी’ नेपालमा सार्वजनिक गरेको छ ।
नाडाबाट औपचारिक बुकिङ्ग एवं ब्राण्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ नेपालमा ल्याएको हो ।
उक्त ईभी एसयभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
उनका अनुसार ग्राहकलाई मध्यनजर गर्दै वैशाख महिनाभरी ईभी एसयुभी खरिदमा १ बर्षको निशुल्क बीमा सेवा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको छ ।
विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्राण्डको विद्युतीय एसयुभी ल्याएको गेलालले बताए ।
‘विद्युतीय एसयुभीमा पनि प्रिमियम सेगमेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी मोटर्सले नयाँ ब्राण्ड भित्राएको हो’ उनले भने, ‘नेपालमै यो सबैभन्दा धेरै रेञ्ज दिने ब्राण्ड हो । एकपटकको चार्जमा ६२० सम्मको दूरी तय गर्नेछ । यो सँगै विभिन्न विशेषताहरु यस स्काई वेल एसयुभी इटी ५ मा रहेकोले नेपाली अटो बजारमा यो ब्राण्ड लोकप्रिय बन्नेछ ।’
स्काइवेलका विद्युतीय सवारी जर्मनि, पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । ५० वटा भन्दा बढी देशमा बिक्री वितरण भइरहेको उक्त ईभी एसयुभीले उपभोक्ताहरुलाई आरामदायी यात्रा गराउने गेलालले बताए ।
‘हामीले यो प्रडक्ट लञ्च गर्नुभन्दा अघि पनि ५ हजार किमीभन्दा बढी दुरीमा सवारी गुडाएर टेष्ट ड्राइभ गरिसकेका छौं’ उनले भने, ‘सेल्फ टेष्टपछि हाई कन्फिडेन्ट भएर यो प्रडक्ट लञ्च गरेका छौं । यात्रामा कुनै किसिमको समस्या नहुने ग्यारेन्टी दिन सक्छौं । लन्च गरेकै दिन ९ वटा सवारी डेलिभरी गरेर सुरुवात गरेका छौं ।’
अप्रिल १८ मा चिनिया दुतावासका ईकोनोमिक एण्ड कमर्सियल कन्सुलर सि यु, स्काईवेल न्यू इनर्जी भेहिकलका चिनिया प्रतिनिधि थोमस जु र जी मोटर्स प्रालिका अध्यक्ष दुर्गा प्रसाद गेलालले संयुक्त रुपमा सार्वजनिक गरेको उक्त सवारी बुकिङ गर्नेको संख्या बढ्दै गएको उनले बताए ।
‘अहिले नेपाली अटोबजार ईभीमयबनेको छ, ईभीका प्रडक्टहरु दिनानुदिन आगमन भइरहेको छ । नयाँ–नयाँ प्रडक्ट आएपनि हामीले ल्याएको यो प्रडक्ट रियल ईभी एसयुभी हो । जसमा हामीले ग्राहकलाई एसयुभीको फिल र कम्फर्टेबल गराउन सक्छौं’ उनले भने, ‘अहिले धेरैजसो प्रडक्टहरुमा चार्जिङ इन्फ्रास्ट्रचरको कमी छ, लङरेञ्ज मायलेस नहुनु जस्तो समस्या देखिन्छ, तर हाम्रोमा ६२० किमी रेञ्ज छ जसले गर्दा रेञ्ज एन्जाईटी ग्राहकलाई कम हुन्छ, नेपालको पूर्वदेखि पश्चिमसम्मको यात्रा सिंगल चार्जमा आनन्दसँग गर्न सकिनेछ ।’
बजारमा आइरहेका अन्य ईभीभन्दा यो एसयुभी इटी ५ भिन्न रहेको गेलालले बताए । ‘हामी ढुक्कसँग भन्न सक्छौं कि बजारमा आइरहेको अन्य प्रडक्टहरु भन्दा हाम्रो प्रडक्ट भिन्न छ, किनकी यसमा एडभान्स फिचर्स जोडिएका छन् । ८६ किलोवाट आवरको ब्याट्री छ, जुन यो रिजर्वल प्रडक्ट हो’ उनले भने, ‘यो सँगै कारमा भिटुएल भन्ने फिचर्स छ, जसमा मल्टिप्लगको सहायताले पावर बाहिर लगेर ल्यापटप चार्ज गर्न, इन्डक्सन चुलो प्रयोग गर्न, स्पिकर बजाउन जस्तो कार्यगर्न सकिन्छ, जुन यो एडभान्स फिचर्स अन्तर्गत पर्छ ।’
गेलालका अनुसार जि मोटर्सले न्यूनतम १० लाख रुपैयाँ देखि डेढ करोड रुपैयाँसम्मको ईभी गाडीहरु बिक्री गरिरहेको छ । ‘हामीले सबै खालका ग्राहकलाई मध्यनजर गर्दै ईभी गाडी लन्च गरेका छौं, भर्खरै सार्वजनिक गरेको ईभी एसयुभी पनि ग्राहकको रोजाईमा पर्ने विश्वस्त छौं’ उनले भने, ‘यसका लागि हामीले २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था समेत गरेका छौं । ग्राहकहरुलाई विद्युतीय सवारी खरिद गर्न अहिले बैंकहरुले समेत सस्तो व्याजदरमा लोन दिइरहेका छन्, ग्राहकहरुले २० प्रतिशत डाउन पेमेन्ट गरेर ८० प्रतिशत लोन बैंकबाट समेत लिन सक्ने व्यवस्था छ ।’
नेपाली अटो बजारमा ईभी गाडीको भविष्य राम्रो छ । पछिल्लो समय नेपालमा माग बमोजिम ईभी गाडीको आयात पनि बढ्दो छ । विभिन्न प्रडक्टका विद्युतीय सवारीहरु भित्रिन थालेका छन् । जी मोटर्सका म्याजेजिङ डिरेक्टर गेलालले अटो बजारमा ईभी गाडीको भविष्य राम्रो रहेको बताउँछन् ।
‘पछिल्लो समय नेपाली अटो बजार ईभीमय बन्दै गएको अवस्था छ । नेपाल सरकारले पनि अटो क्षेत्रका लागि स्थिर नीति ल्याउन सकेमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्ने देखिन्छ’ उनले भने, ‘यो वर्ष पनि ७ हजार बढी ईभी गाडी भित्रिसकेका छन् । यसबाट राज्यलाई समेत राजश्व संकलनमा सहयोग मिलेको छ । सरकारले पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर गहकिलो स्थिर नीति बनाउन सके भविष्यमा नेपाली अटो क्षेत्र ईभीमय बन्ने सम्भावना बढी छ ।’
सरकारले नेपाली अटो बजारको लागि स्थिर नीति ल्याउन सके राजश्व संकलन वृद्धि भई नेपालको अर्थतन्त्र नै सुधार हुने गेलालको तर्क छ । ‘देशमा रोजगारीको अवसर सिर्जना गर्न समेत अटो क्षेत्रमा सस्टेनेबल पोलिसी आवश्यक छ, अटो क्षेत्रलाई बढावा दिएर राजश्व संकलन गर्ने खालका सरकारलाई फाइदा हुने पोलिसी चाहिएको छ’ उनले भने, ‘नेपाली अटो क्षेत्रलाई सरकारले आफ्नो सम्पत्ति रुपमा लिइनु आवश्यक छ, अटो क्षेत्र ईभीमय बनाउन सरकारले विद्युत खपत बढाउने र पेट्रोलियम पदार्थ सकेसम्म विस्थापित गर्न लाग्नुपर्छ ।’
साथै नेपाल विद्युत प्राधिकरणले समेत विभिन्न क्षेत्रमा चार्जिङ स्टेशन स्थापना गरेकाले विद्युतीय सवारीको बजार राम्रो बन्न सक्ने गेलालको भनाई छ ।
‘विद्युत प्राधिकरणलगायत विभिन्न निजी कम्पनीहरुले नेपालका विभिन्न क्षेत्रमा चार्जिङ स्टेशन खोलेका छन्, यसले विद्युतीय सवारी प्रयोगमा थप टेवा पुग्नेछ’ उनले भने, ‘अझै पनि ईभी गाडीहरुको डिमाण्ड बमोजिम चार्जिङ स्टेशनको संख्या पर्याप्त छैन, ग्राहकहरुको डिमाण्ड बमोजिम चार्जिङ स्टेशन खोल्ने हो भने अबको ५ वर्षभित्र करिब ७०–८० हजार ईभी गाडी भित्रिने पक्का छ ।’
स्काईवेल इटि५ काप्रीमियम र विशेष विशेषताहरुः
–८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
–१५० किलोवाट मोटर क्यापासिटी
CNACP- 5 QmarSafety
–६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल
–अटो पार्किङ्ग
–मेट्रीक्स लेजर हेडलाईट
–मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
–फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ
–लक्जरी 2 level foldable rear seats
स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटोगेरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतिघण्टा भन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने गेलालको भनाई छ । साथै स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।
स्काईवेल ईटि ५ को नेपाली बजार मुल्य १ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                