बुधबार, श्रावण १३,२०८३ 10:14:26
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:14:26
Bizshala
Global IME Bank Limited

भइरहेकै बायोमेट्रिक यन्त्रसँग पेरोल जोड्ने दाबीसहित 'नेपाल HRM' सार्वजनिक

भइरहेकै बायोमेट्रिक यन्त्रसँग पेरोल जोड्ने दाबीसहित 'नेपाल HRM' सार्वजनिक
New Office

काठमाण्डौ । व्यवसायसँग भइरहेकै बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब प्रणालीसँग जोड्ने दाबीसहित नेपाली HR तथा पेरोल सफ्टवेयर नेपाल HRM आधिकारिक रूपमा सार्वजनिक भएको छ। नयाँ हार्डवेयरमा लगानी नगरी हाजिरीदेखि तलबसम्म स्वचालन गर्ने यो प्रणाली १० जनासम्म कर्मचारी भएका व्यवसायका लागि पूरै निःशुल्क रहेको कम्पनीले जनाएको छ ।

नयाँ लगानी बिनै स्वचालन

कम्पनीका अनुसार, नेपाल HRM ले ZKTeco, Anviz, Realand, Hikvision लगायत प्रचलित बायोमेट्रिक यन्त्र तथा अधिकांश push/pull-compatible डिभाइसलाई support गर्छ। यसले व्यवसायले भइरहेकै यन्त्र प्रयोग गर्दै हाजिरीको डाटा सिधै प्रणालीमा ल्याउन सक्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, हाजिरीको डाटास्वतः बिदा र तलब गणनासँग जोडिने भएकाले manual entry र spreadsheet मिलाउने झन्झट हट्छ, र महिनान्तको payroll माहुने गल्ती घट्छ।

‘धेरै कम्पनीसँग पहिल्यै बायोमेट्रिकमेसिन छ, तर त्यसको डाटा Excel मा सारेर तलब बनाउनुपर्छ,’  नेपाल HRM का सह-संस्थापक राजेन्द्र रेग्मी भन्छन्, ‘हामीले भइरहेकै मेसिनलाई सिधै payroll सँग जोड्यौँ, ताकि व्यवसायलेनयाँ हार्डवेयर किन्नुनपरोस् र डाटा आफैँ बगोस्।’

कम्पनीका अनुसार, तलब गणनामा PF, CIT, SSF, eTDS पहिल्यै मिलाइएका र दर फेरिँदा प्रणाली आफैँ अपडेट हुन्छ। सम्पूर्ण डाटा TLS 1.2+ र AES-256 मा encrypt गरिने, भूमिका अनुसार पहुँच र दैनिक ब्याकअप हुने कम्पनीको भनाइ छ। कर्मचारीले Android/iOS एपबाट चेक-इन, बिदार पे-स्लिपपनि गर्न सक्छन्।

साना टिमलाई निःशुल्क, ठूलालाई scalable

कम्पनीका अनुसार, १० जनासम्मका टिमले नेपाल HRM बिना शुल्क प्रयोग गर्न सक्छन् भने ठूला संस्थापनि यही प्रणालीमा विस्तार गर्न सक्छन्। कम्पनीमा केही सजिला चरणमा दर्ता गर्न सकिने र यो स्वीकृति प्रक्रियाका आधारमा हुने कम्पनीले जनाएको छ। अधिकांश कम्पनी२–४ हप्ताभित्रै सञ्चालनमा आउने रअंग्रेजी तथा नेपाली दुवै भाषामा सहयोग उपलब्ध हुने कम्पनीको भनाइ छ। प्रणाली अहिले nepalhrm.com मा उपलब्ध छ।

 नेपालHRM बारे

नेपाल HRM नेपाली व्यवसायको नियम, भाषा र कार्यशैली अनुसार बनाइएको HR तथा पेरोल सफ्टवेयर प्लेटफर्म हो। यसले हाजिरी, बिदा, कर्मचारी भर्ना, अन बोर्डिङ रतलब व्यवस्थापन स्वचालित गर्दै नेपालको PF, CIT, SSF र eTDS नियमको पालनामा सघाउँछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.