शुक्रबार, असार २६,२०८३ 02:03:16
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 02:03:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चालु आर्थिक वर्षको अन्तिम दिनममा १ अर्ब ५८ करोड भुक्तानी, कर्णालीको १२ अर्ब ४२ करोड बजेट खर्च भएन

Laxmi Sunrise Bank Limited
चालु आर्थिक वर्षको अन्तिम दिनममा १ अर्ब ५८ करोड भुक्तानी, कर्णालीको १२ अर्ब ४२ करोड बजेट खर्च भएन

 

काठमाण्डौ ।  कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन मात्रै १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गते दिउँसो १ बजेसम्म प्रदेश सरकारको कुल खर्च १८ अर्ब ९८ करोड ८९ लाख २० हजार रुपैयाँ थियो। त्यसपछि गरिएको भुक्तानीसहित आर्थिक वर्षको अन्त्यसम्म कुल खर्च २० अर्ब ५७ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको हो।

 

 

New Office
CG Motors
Garima Development Bank

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ललित थापाका अनुसार अन्तिम दिनको केही घण्टामै डेढ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो। कुल बजेट र वास्तविक खर्चको तथ्यांकअनुसार १२ अर्ब ४२ करोड ५४ लाख ४७ हजार रुपैयाँ खर्च हुन नसकेको देखिन्छ।

कर्णाली सरकारले कुल बजेटको करिब ६२.३४ प्रतिशत मात्र खर्च गरेको छ। कुल खर्चको झन्डै २५ प्रतिशत रकम असार महिनाका २५ दिनमा खर्च गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पुँजीगततर्फ विनियोजित १९ अर्ब ९८ करोड ९३ लाख रुपैयाँमध्ये ११ अर्ब १३ करोड ९३ लाख रुपैयाँ मात्र खर्च भएको छ। यसअनुसार विकास बजेटतर्फ ८ अर्ब ८४ करोड ५० लाख रुपैयाँ फ्रिज भएको छ।

पुँजीगत बजेट कार्यान्वयन ५५.७४ प्रतिशतमा सीमित हुँदा चालुतर्फ भने ७३.४८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.