शनिबार, आश्विन १७,२०८३ 08:32:06
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 08:32:06
Bizshala
Global IME Bank Limited

नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण

Bizshala
नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण
New Office

काठमाण्डौ । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्डक ःजीजीआर)र नेबुला इनर्जीले नेपालमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर‘जीएक्स २५०’ स्मार्ट स्कूटर लञ्च गरेका छन्।

पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाण्डौको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो। नेबुला इनर्जी प्रालि नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।

कार्यक्रमका प्रमुख अतिथी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटर जीएक्स२५० को संयुक्त रुपमा अन्वारण गरेका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरेका थिए ।  

‘नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ’, गोगोरोका प्रतिनिधिले भने। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.