आईतवार, असार २८,२०८३ 08:21:18
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:21:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

Laxmi Sunrise Bank Limited
‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाण्डौ । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइन सहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए । उनीहरुले कारको मालिक त धेरै जना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाईनै आफ्नो बनाउँछ भन्ने स्पष्ट सन्देश दिए । कुशाकचार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्तहुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो।

 यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध योएसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा DSG ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण रसहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ। 

New Office
CG Motors
Garima Development Bank

साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ। यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ।

 नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी रु. ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, Promise of 12 अन्तर्गत देशभरका १२वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ।यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिनावा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ।

 कार्यक्रमलाईसम्बोधन गर्दै विष्णुकुमार अग्रवालले भने,‘ कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपालीसडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाईयुरोपेली मूल्य तिर्नबाध्य बनाएको छैन।यही नै यसको वास्तविक मूल्य हो।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.