काठमाण्डौ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा परिवर्तन भएको छ। संस्थाको मातृ संस्था लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका चार सञ्चालकमध्ये दुई जनालाई परिवर्तन गरी नयाँ दुई सदस्य मनोनयन गरिएको छ।
लक्ष्मी सन्राइज बैंकको निर्णयअनुसार वित्तीय संस्थाको सञ्चालक समितिमा मोनिका कुँवर र नवीन उपाध्याय नयाँ सञ्चालकका रूपमा नियुक्त भएका हुन्। उक्त जानकारी लक्ष्मी लघुवित्तको सञ्चालक समितिको असार ३० गते दिउँसो बसेको २०० औँ बैठकमा प्राप्त भएको संस्थाले जनाएको छ।
यसअघि लक्ष्मी सनराइज बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा रहेका ममता पराजुली र सुमनप्रसाद गेलाललाई बैंकले फिर्ता बोलाउने निर्णय गरेको छ। बैंकको निर्णयअनुसार उनीहरु असार ३० गतेदेखि लक्ष्मी लघुवित्तको सञ्चालक पदमा नरहेको संस्थाले जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।