बुधबार, असार ३१,२०८३ 06:14:03
Bizshala
  • बुधबार, असार ३१,२०८३ 06:14:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटनमा ठूलो छलाङको तयारी, निजी क्षेत्रसँग हातेमालो गर्ने प्रधानमन्त्री शाहको घोषणा

Laxmi Sunrise Bank Limited
पर्यटनमा ठूलो छलाङको तयारी, निजी क्षेत्रसँग हातेमालो गर्ने प्रधानमन्त्री शाहको घोषणा

 

काठमाण्डौ ।  प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्रता दिन सरकारले द्रुत गतिमा काम सुरु गरिसकेको बताएका छन्। पर्यटन क्षेत्रका समस्या समाधान गर्दै निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढाइने उनको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पर्यटन तथा होटल व्यवसायीले लामो समयदेखि उठाउँदै आएका समस्या क्रमशः समाधान गरिने आश्वासन दिए।

उनले व्यवसायीलाई प्रचलित कानुनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न आग्रह गरे। साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यका क्षेत्र पहिचान गर्न हानलाई सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमेत सहभागी छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए।

New Office
CG Motors
Garima Development Bank

हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटकमात्र भित्रिने गरेको उल्लेख गर्दै व्यवसायीले पर्यटक आगमन बढाउन सके ठूलो संख्यामा आन्तरिक रोजगारी सिर्जना हुने बताए। होटल तथा पर्यटन उद्योग नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।

व्यवसायीले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको भन्दै त्यसका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारसँग माग गरे।

हानले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन आग्रह गरेको छ। साना तथा मझौला होटलका लागि २५ बेडसम्म पनि संक्षिप्त वातावरणीय अध्ययन गर्नुपर्ने व्यवस्था अव्यावहारिक रहेको भन्दै उक्त सीमा ५० बेडसम्म पुर्‍याउन माग गरिएको छ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नेपाल वायुसेवा निगमको सेवा सुधार गर्न पनि व्यवसायीले सरकारको ध्यानाकर्षण गराए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरणअन्तर्गत ट्रेडमार्क प्रयोगबापतको रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था संशोधन गरी सम्बन्धित पक्षबीचको आपसी समझदारीमा मूल्य निर्धारण गर्न पाउने व्यवस्था गर्न हानले माग गरेको छ।

त्यस्तै होटल व्यवसायसँग सम्बन्धित विद्यमान कानुनको पुनरावलोकन, गन्तव्य विवाहका लागि आवश्यक गरगहना नेपाल ल्याउने प्रक्रिया सरलीकरण तथा आरोग्य पर्यटन प्रवर्द्धनका लागि फोटो र भिडियोमा मात्र सीमित नभई पूर्ण कथावाचनसहितका पर्यटन प्याकेज तयार गर्नुपर्ने सुझाव दिइएको छ।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.