बिहीबार, असार ३२,२०८३ 04:43:08
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 04:43:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः बहाल

Laxmi Sunrise Bank Limited
सांसदलाई स्वकीय सचिव राख्ने सुविधा पुनः बहाल

 

काठमाडौं । संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदलाई स्वकीय सचिव राख्न दिने व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार मन्त्रिपरिषद्ले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को अनुसूची परिमार्जन गर्दै उक्त सुविधा ब्युँताएको हो।

New Office
CG Motors
Garima Development Bank

निर्णयअनुसार सांसदहरूले शाखा अधिकृतसरहको पारिश्रमिक तथा सुविधा पाउने गरी एक जना स्वकीय सचिव नियुक्त गर्न सक्नेछन्। यसअघि स्वकीय सचिवहरूले पाउँदै आएको सुविधा नै कायम हुने मन्त्री गौतमले जानकारी दिइन्।

जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवसम्बन्धी सुविधा खारेज गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त व्यवस्था पुनः लागू गर्न कानुन मन्त्रालयले ऐनको अनुसूची संशोधनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। अनुसूची परिमार्जन गरिएको सूचना राजपत्रमा प्रकाशित भएपछि सांसदहरूले औपचारिक रूपमा स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.