सोमबार, असार १६,२०८२ 08:10:27
  • सोमबार, असार १६,२०८२ 08:10:27
Global IME Bank Limited

खरिद बढाउँदै ठूला ब्रोकर, कसले गरे कति कारोबार ?

Hyundai Nepal
खरिद बढाउँदै ठूला ब्रोकर, कसले गरे कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज बजारमा झिनो वृद्धि हुँदा १० वटा ब्रोकरहरुबाट उच्च कारोबार भएको छ ।  

आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट उच्च बिक्री भएको छ । आज सबैभन्दा धेरै कारोबार  गर्नेमा इम्पेरियल सेक्युरिटिज( स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट उच्च खरिद भएको छ । आज यो ब्रोकरबाट १८ करोड ३७ लाख रुपैयाँबराबरको सेयर खरिद खरिद भएको छ भने १८ करोड १५ लाखबराबर बिक्री भएको छ ।

दोस्रो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । यो ब्रोकरबाट आज उच्च बिक्री भएको छ । यो ब्रोकरको १३ करोड १७ लाखको खरिद हुँदा १८ करोड ४९ लाखबराबर बिक्री भएको छ । तेस्रो स्थानमा रहेको लिञ्च  सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१) बाट आज बिक्री बढी भएकोे छ । यो ब्रोकरबाट आज १२ करोडबराबरको बिक्री भएको छ भने १२ करोड ८१ लाखको खरिद गरेको छ ।  

चौथो स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ । यो ब्रोकरबाट १३ करोडबराबरको खरिद भएकोमा ११ करोडबराबरको बिक्री भएको छ । पाँचौ स्थानको सनि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) को पनि बिक्री बढी रहेको छ । यो ब्रोकरबाट ९ करोड ६२ लाखको खरिद र १० करोड १४ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

छैटौ स्थानको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) को बिक्री बढी रहेको छ । यो ब्रोकरबाट ८ करोड ३८ लाखको खरिद र १० करोड १४ लाखको बिक्री भएको छ । सातौं स्थानमा रहेको दीप शिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) बाट ९ करोड २८ लाखको खरिद र ७ करोड ७५ लाखको बिक्री भएको छ ।  

आँठौ स्थानको आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)बाट ७ करोड ४२ लाखको खरिद र ४ करोड ३८ लाख रुपैयाँको बिक्री भएको छ । नबौं स्थानको क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) को पनि खरिद बढी रहेको छ । यो ब्रोकरको ७ करोड ९८ लाखको खरिद रहेको छ भने करिव ५ करोड ७७ लाखको बिक्री रहेको छ ।

दसौं स्थानमा रहेको एबीसी  सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७)बाट ६ करोड ७५ लाखको खरिद र ५ करोड ९८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.