बुधबार, श्रावण २७,२०८३ 07:35:10
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:35:10
Bizshala
Global IME Bank Limited

विकासविरोधी’ वन ऐन संशोधन नभए १९ हजार मेगावाटका आयोजना संकटमा : इप्पान अध्यक्ष डाँगी

Prabhu Bank Limited
विकासविरोधी’ वन ऐन संशोधन नभए १९ हजार मेगावाटका आयोजना संकटमा : इप्पान अध्यक्ष डाँगी
New Office

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले झन्झटिलो प्रशासनिक प्रक्रिया र ‘विकासविरोधी’ वन ऐनका कारण नेपालको ऊर्जा क्षेत्रले ठुलो चुनौती भोग्नुपरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले यस्तो धारणा राखेका हुन् । अध्यक्ष डाँगीले नेपाल र भारतबिच भएको पछिल्लो ऊर्जा सम्झौता र प्रसारण लाइन क्षमता वृद्धिको स्वागत गरे । 

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकले विद्युत आयाततर्फ १४ सय मेगावाट र निर्याततर्फ १६५० मेगावाट क्षमता पु¥याउने निर्णय गरेकोमा उनले खुसी व्यक्त गरे । यसले ऊर्जा क्षेत्रमा नयाँ उत्साह थपेको उनको भनाइ थियो । 

ऊर्जा उत्पादनमा निजी क्षेत्रको अर्बौँ लगानी भए पनि वन तथा वातावरण मन्त्रालयको कडा नीतिका कारण धेरै आयोजनाहरू ठप्प भएको उनले आरोप लगाए । ‘हाम्रो ४५ प्रतिशत वन क्षेत्र, १५ प्रतिशत हिमाली क्षेत्र र विभिन्न संरक्षण क्षेत्रहरू (बफर जोन) का कारण झन्डै १९ हजार मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । सरकारले एकातिर अनुमति दिने तर अर्कोतिर एउटा वार्डेन वा अधिकृतले पत्र काटेकै भरमा अर्बौँको लगानी रोकिने अवस्था छ,’ अध्यक्ष डाँगीले भने । 

उनले ऊर्जा क्षेत्र मात्र नभई समग्र पूर्वाधार विकासका लागि वर्तमान वन ऐन र नियमहरू बाधक रहेको उल्लेख गर्दै यसलाई तत्काल परिमार्जन गरी ’विकासमैत्री’ बनाउन माग गरे । एउटा ऊर्जा आयोजना सम्पन्न गर्न ८ वटा मन्त्रालय, २४ वटा विभाग र २०० भन्दा बढी निकायहरू धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले प्रशासनिक झन्झटले लगानीकर्तालाई निरुत्साहित गरेको बताए । 

त्यस्तै, बर्खाको समयमा उत्पादित बिजुली खपत हुन नसक्दा झन्डै १ हजार मेगावाट विद्युत खेर गइरहेको र यसबाट बच्न आन्तरिक खपत वृद्धि र प्रसारण लाइनको विस्तार अनिवार्य रहेको उनले औँल्याए । सरकारले प्रसारण लाइन निर्माणका लागि चालु आर्थिक वर्षमा ७० अर्ब रुपैयाँ छुट्याउनु र निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत व्यापार (ट्रेडिङ) मा सहभागी गराउने पहल गर्नु सकारात्मक कदम भएको उनले बताए । 

अहिलेको सरकार दुई तिहाइ नजिक रहेको र नीतिगत परिवर्तन गर्ने सामथ्र्य राख्ने भएकाले चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धताहरू पूरा गर्न उनले आग्रह गरे । ‘अहिलेको सरकारले चाहेमा ऐन, कानुन र निर्देशिकाहरू सजिलै परिवर्तन गर्न सक्छ । राजनीतिक दलहरूले घोषणापत्रमा जनाएको प्रतिबद्धता मात्र पूरा गरिदिए पनि ऊर्जा क्षेत्रको आधा समस्या समाधान हुन्छ,’ डाँगीले भने । 

अन्तमा, ऊर्जा क्षेत्रका समस्याबारे बहस चलाएकोमा नाफिजलाई धन्यवाद दिँदै उनले निजी क्षेत्र, सरकार र सञ्चार जगत् मिलेर अघि बढे मात्र १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.