जलविद्युत कम्पनीहरुको आईपीओ रोकिनु हुँदैन : देउवा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया रोकिन नहुने बताएका छन् । देउवाले आज काठमाण्डौमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।