काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले कम्पनीका महाप्रबन्धक (जनरल म्यानेजर) सुदीप रोकाको कार्यकाल पुनः थप गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको साउन ५ गते मंगलबार अपराह्न ३ः१५ बजे बसेको बैठकले रोकाको कार्यकाल थप गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार महाप्रबन्धक रोकाको हालको पदावधि साउन १९ गते समाप्त हुँदैछ।
सञ्चालक समितिको निर्णयअनुसार उनको कार्यकाल साउन २० गतेदेखि २०८५ असार ३१ गतेसम्मका लागि थप गरिएको छ।
कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० लाई जानकारी गराएको जनाएको छ।

