काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
कम्पनीका अनुसार साउन ५ गते राति ११ बजे आयोजनाको हेडवर्क्स क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण हेडवर्क्सका अधिकांश संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढी तथा पहिरोबाट पुगेको क्षतिका कारण आयोजनाबाट हुने विद्युत उत्पादन तत्कालका लागि पूर्ण रूपमा रोकिएको कम्पनीले जनाएको छ।

