सोमबार, कार्तिक ९,२०८३ 11:29:53
  • सोमबार, कार्तिक ९,२०८३ 11:29:53
Global IME Bank Limited

टीयू परिसरबाट पक्राउ परेका विद्यार्थी नेता तत्काल रिहा गर्न नेविसंघको माग

Bizshala
टीयू परिसरबाट पक्राउ परेका विद्यार्थी नेता तत्काल रिहा गर्न नेविसंघको माग
New Office

 

काठमाण्डौ ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले केही विद्यार्थी नेता तथा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

नेविसंघकी अध्यक्ष करुणा कटुवालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीसमक्ष शान्तिपूर्ण रूपमा विरोध र असहमति राखेकै आधारमा विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको आरोप लगाएकी छन्।

उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सनम ओली, सचिव हिक्मतकुमार बुढा, सदस्य डम्मरसिंह ऐडी, कुलबहादुर बुढा, प्रकाश सन्जेल र विद्यार्थी दिनेश रेग्मीलगायत छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेविसंघले लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग, असहमति र विरोधका आवाज शान्तिपूर्ण रूपमा राख्न पाउनु प्रत्येक नागरिक तथा विद्यार्थीको संवैधानिक एवं मौलिक अधिकार भएको उल्लेख गरेको छ।

विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा विद्यार्थी प्रतिनिधिहरूको शान्तिपूर्ण विरोध सुन्नुको सट्टा प्रहरी प्रशासन प्रयोग गरी धरपकड र गिरफ्तारी गर्नु निन्दनीय तथा अलोकतान्त्रिक कदम भएको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघले घटनाप्रति आपत्ति जनाउँदै पक्राउ परेका सबै विद्यार्थी तथा युवाहरूलाई तत्काल र बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.