बुधबार, श्रावण १३,२०८३ 12:49:26
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:49:26
Bizshala
Global IME Bank Limited

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिँदै

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिँदै
New Office

 

काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता रहेका शाहीलाई प्रदेश प्रमुखले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले आफ्नो दलका १४ र सत्ता साझेदार नेकपा एमालेका ९ गरी कुल २३ प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन कम्तीमा २० सांसदको समर्थन आवश्यक पर्छ। शाहीले बहुमतका लागि आवश्यक संख्याभन्दा तीन सांसद बढीको समर्थन जुटाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।

मुख्यमन्त्री शाहीले आज शपथ लिए पनि मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने सम्भावना भने कम देखिएको छ। सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालयको भागबन्डा र मन्त्री छनोटका विषयमा छलफल जारी छ।

गठबन्धनका नेताहरूका अनुसार पहिलो चरणमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटाइनेछ। मन्त्रालयको बाँडफाँट टुंगिएपछि मात्रै दुवै दलले मन्त्री बन्ने व्यक्तिको नाम तय गर्ने तयारी गरेका छन्।

गठबन्धनका एक नेताले मन्त्रालयको भागबन्डा अहिलेको मुख्य विषय रहेको बताउँदै त्यसमा सहमति भएपछि मात्रै मन्त्रीहरूको नाममा छलफल अघि बढ्ने जानकारी दिए।

शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा एमालेका प्रमुख सचेतक टेकराज पछाई प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। समर्थनपत्रमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको हस्ताक्षर रहेको थियो।

शाहीको नियुक्तिसँगै कर्णालीमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन भएको छ। यद्यपि मन्त्रिपरिषद्को आकार, मन्त्रालयको बाँडफाँट र मन्त्रीहरूको नाम भने सत्ता साझेदार दलबीचको सहमतिपछि मात्रै सार्वजनिक हुने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.