आईतवार, श्रावण १७,२०८३ 02:18:09
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 02:18:09
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका पूर्व सीईओलाई रु.५ लाख जरिवाना

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका पूर्व सीईओलाई रु.५ लाख जरिवाना
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ नियमन तथा निर्देशनहरूको उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको पछिल्लो अनुगमनका क्रममा गम्भीर कमजोरीहरू भेटिएपछि प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक कारबाहीमा परेका हुन् ।

प्रभु बैंकलाई आर्थिक जरिवानासहित सुधारात्मक निर्देशन दिइएको छ भने सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई भने सचेत गराइएको छ ।

निरीक्षणका क्रममा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले खाता रोक्का सम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था विपरीत समयमै खाता रोक्का नगरेको भन्दै पहिलो पटक सचेत गराइएको छ ।

त्यस्तै, कृषि विकास बैंकले पनि कानुन कार्यान्वयन गर्ने निकायहरूको अनुरोधअनुसार खाता रोक्का गर्न ढिलाइ गरेको भेटिएपछि आगामी दिनमा यस्ता कमजोरी नदोहोरÞ्याउन निर्देशन दिइएको छ ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार प्रभु बैंकले कर्जा वर्गीकरणमा गम्भीर लापरबाही गरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा केन्द्रीय बैंकलाई गलत विवरण बुझाएको पुष्टि भएको छ ।

अनुगमनका क्रममा कोर बैंकिङ सिस्टमको विवरण र राष्ट्र बैंकमा पेश गरिएको प्रतिवेदनबीच फरक भेटिएपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

राष्ट्र बैंकले पटक–पटक निर्देशन दिँदा पनि सुधार नभएको निष्कर्ष निकाल्दै बैंकको सञ्चालक समितिसँग कबोलियतनामा गराई सुधारात्मक कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.