काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकले भट्टराईको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार, अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।