बिहीबार, कार्तिक १९,२०८३ 04:47:27
  • बिहीबार, कार्तिक १९,२०८३ 04:47:27
Global IME Bank Limited

विश्वकै तेस्रो सानो देशले परिवर्तन गर्यो आफ्नो नाम

Bizshala
विश्वकै तेस्रो सानो देशले परिवर्तन गर्यो आफ्नो नाम
New Office

काठमाण्डौ । प्रशान्त महासागरको सानो द्वीप राष्ट्र नाउरुले आधिकारिक रूपमा आफ्नो नाम परिवर्तन गर्दै अब ‘रिपब्लिक अफ नाओएरो’ कायम गरेको छ। देशको सरकारले यो निर्णय आफ्नो परम्परागत नाम, भाषा, सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने उद्देश्यले गरिएको जनाएको छ।

राष्ट्रपति डेभिड एडेङले नाम परिवर्तनले देशको इतिहास, मौलिक भाषा र पहिचानलाई अझ मजबुत बनाउने बताएका छन्। नाम परिवर्तनसम्बन्धी संवैधानिक संशोधन संसदबाट दुई पटक पारित भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारका अनुसार ‘नाउरु’ नाम विदेशीहरूलाई उच्चारण गर्न सजिलो हुने भएकाले प्रचलनमा आएको थियो, जबकि ‘नाओएरो’ देशको परम्परागत नाम हो। नयाँ नाम लागू भएपछि देशको अन्तर्राष्ट्रिय कोड एनआरयुबाट एनआरओमा परिवर्तन गरिनेछ भने नागरिकलाई अब ‘देई–नाओएरो’ भनेर सम्बोधन गरिनेछ।

सरकारले यस विषयमा जनमत संग्रह नगर्ने निर्णय गरेको छ। ‘नाओएरो’ नाम पहिलेदेखि नै राष्ट्रिय प्रतीक र संविधानमा प्रयोग हुँदै आएको तथा स्थानीय समुदायमा प्रचलित रहेको भन्दै जनमत संग्रह आवश्यक नभएको बताइएको छ।

Garima Development Bank
Bizshala
IME remit

संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले नयाँ नाम प्रयोग गर्न थालेका छन्। अष्ट्रेलिया, न्युजिल्यान्ड तथा अन्य देशका कूटनीतिक निकायहरूले पनि ‘नाओएरो’ नामलाई अपनाउन थालेका छन्।

करिब १२ हजार जनसंख्या रहेको नाओएरो विश्वको जनसंख्याका आधारमा तेस्रो सबैभन्दा सानो देश हो। सन् १९६८ मा स्वतन्त्रता प्राप्त गरेको यो राष्ट्र विगतमा जर्मनी र अष्ट्रेलियाको औपनिवेशिक शासनअन्तर्गत थियो। अहिले यो देश समुद्री सतह बढ्ने जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित राष्ट्रहरूमध्ये एक मानिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.