बिहीबार, श्रावण २१,२०८३ 02:15:14
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:15:14
Bizshala
Global IME Bank Limited

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
New Office

 

काठमाण्डौ । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको थियो। छनोट प्रक्रियाबाट साहसहित कौशल केसी र सञ्जीवकुमार देव उत्कृष्ट तीन उम्मेदवारका रूपमा सरकारसमक्ष सिफारिस भएका थिए।

तीन उम्मेदवारमध्ये निगममा लामो समय काम गरेको अनुभव र संस्थागत ज्ञानका आधारमा साहलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। उनी यसअघि निगमको निमित्त कार्यकारी निर्देशकसमेत रहिसकेका छन्।

 

साहले निगमको नेतृत्व सम्हाल्दै गर्दा देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। ग्यास नपाउँदा उपभोक्ता लामो लाइनमा बस्न बाध्य भइरहेका बेला आपूर्ति प्रणाली सहज बनाउने र बजारमा देखिएको अभाव तत्काल समाधान गर्ने चुनौती उनको प्राथमिक जिम्मेवारी बन्नेछ।

यससँगै पेट्रोलियम पदार्थको नियमित आपूर्ति, वितरण प्रणालीको सुधार, चुहावट नियन्त्रण तथा निगमको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारीसमेत साहको काँधमा आएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.