बिहीबार, श्रावण २१,२०८३ 07:18:50
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:18:50
Bizshala
Global IME Bank Limited

शाहरुख खान बने भारतको सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्ड, विराट कोहली तेस्रो स्थानमा झरे

शाहरुख खान बने भारतको सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्ड, विराट कोहली तेस्रो स्थानमा झरे
New Office

काठमाण्डौ । भारतको सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्डको सूचीमा यस वर्ष ठूलो परिवर्तन देखिएको छ। क्रोलको सेलिब्रेटी ब्राण्ड भ्यालुएसन रिपोर्ट २०२५ अनुसार, सन् २०२४ मा शीर्ष स्थानमा रहेका क्रिकेटर विराट कोहली यसपटक पहिलो स्थानबाट तल झरेका छन्।

रिपोर्टअनुसार बलिउड अभिनेता शाहरुख खान भारतका सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्ड बनेका छन्। सन् २०२४ मा तेस्रो स्थानमा रहेका खानले यस वर्ष शीर्ष स्थान हासिल गरेका हुन्। उनको ब्रान्ड मूल्य १७७.९ मिलियन अमेरिकी डलर पुगेको छ।

शाहरुख खानले डिसेम्बर २०२३ मा रिलिज भएको फिल्म डुन्कीपछि कुनै नयाँ चलचित्र प्रदर्शन नगरे पनि उनको ब्रान्ड मूल्यमा उल्लेखनीय वृद्धि भएको रिपोर्टले देखाएको छ।

यसैगरी अभिनेता रणविर सिंह दोस्रो स्थानमा उक्लिएका छन्। उनको ब्रान्ड मूल्य १६२.९ मिलियन अमेरिकी डलर रहेको छ। सन् २०२४ मा विराट कोहलीभन्दा पछाडि रहेका सिंह यस वर्ष शाहरुख खानपछि दोस्रो स्थानमा पुगेका हुन्। उनको पछिल्लो फिल्म धुरन्दरको सफलताले पनि ब्रान्ड मूल्य बढाउन सहयोग गरेको रिपोर्टमा उल्लेख छ।

विराट कोहली भने १५८.४ मिलियन अमेरिकी डलरको ब्रान्ड मूल्यसहित तेस्रो स्थानमा पुगेका छन्। सूचीमा क्रिकेटका महान् खेलाडी सचिन तेण्डुकर चौथो स्थानमा छन्, जसको ब्रान्ड मूल्य १२५.९ मिलियन अमेरिकी डलर रहेको छ। एमएस धोनी पाँचौँ स्थानमा छन्, उनको ब्रान्ड मूल्य ११५.३ मिलियन अमेरिकी डलर छ।

महिला सेलिब्रिटीमध्ये आलिया भट छैटौँ स्थानमा रहेकी छन्। उनको ब्रान्ड मूल्य ९३.९ मिलियन अमेरिकी डलर रहेको छ। दिपीका पादुकोण सातौँ स्थानमा छिन्, जसको ब्रान्ड मूल्य ८९.२ मिलियन अमेरिकी डलर रहेको छ।

शीर्ष १० सूचीमा ह्तिृक रोशन आठौँ, अमिताभ बच्चन नवौँ र अक्षय कुमार दशौँ स्थानमा रहेका छन्। उनीहरूको ब्रान्ड मूल्य क्रमशः ८८.९ मिलियन, ८०.८ मिलियन र ८० मिलियन अमेरिकी डलर रहेको छ।

रिपोर्टको विस्तारित सूचीमा रणविर कपुर, रस्मीका मन्दना, सलमान खान, रोहिन शर्मा, करिना कपुर,कात्तिक आर्यन, कायरा अड्भानी, क्रिती सानोन,आनन्या पाण्डे र जसप्रित बुमराह लगायतका चर्चित कलाकार तथा खेलाडीहरू पनि समावेश छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.