सोमबार, श्रावण २५,२०८३ 08:34:53
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 08:34:53
Bizshala
Global IME Bank Limited

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २८८% ले बढ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार

वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २८८% ले बढ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
New Office

काठमाण्डौ । वित्त खर्च उल्लेख्य घट्दा तेह्रथुम पावर कम्पनी लिमिटेडको मुनाफा बढ्न पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड ७५ लाख रुपैयाँ मात्रै वित्त खर्च गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड २४ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको थियो ।

वित्त खर्च घटेसँगै कम्पनीको खुद मुनाफा २८८.३८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवसम्म २ करोड ३० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ८ करोड ९३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)पनि ५.७५ रुपैयाँबाट बढेर ११.१७ रुपैयाँ पुगेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी समेत १५ करोड ४९ लाख रुपैयाँबाट बढेर १८ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रशासनिक खर्च ७० लाख ९१ हजार र ह्रासकट्टी खर्च ६ लाख ४२ हजार रहेको छ । कम्पनीकाके रिजर्भ कोषमा २ करोड ९० लाख सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.६४ रुपैयाँ, पीई रेसियो ३१.२५ गुणा र तरलता अनुपात १.८३ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.