काठमाण्डौ । शिवसताक्षी–४, झापामा सञ्चालित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनाले पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ।
आयोजनामा जडित ५/५ मेगावाट क्षमताका दुईवटा इन्भर्टरमध्ये एक इन्भर्टरमा गत जेठ १८ गते दिउँसो करिब १ः४२ बजे आगलागी भएपछि उक्त इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।
आगलागीका कारण प्रभावित इन्भर्टरको आवश्यक मर्मत तथा प्राविधिक व्यवस्थापनको कार्य सम्पन्न भएपछि आयोजनाले पुनः आफ्नो पूर्ण १० मेगावाट जडित क्षमताअनुसार विद्युत उत्पादन सुरु गरेको हो।
आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै यसबाट उत्पादन हुने सौर्य विद्युत नियमित रूपमा ग्रिडमा आपूर्ति हुने भएको छ। यसले आयोजनाको विद्युत उत्पादन तथा ग्रिडमा हुने योगदानलाई पुनः सामान्य अवस्थामा ल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।