मंगलवार, श्रावण २६,२०८३ 05:55:30
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:55:30
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद्का निर्णयः चार जनालाई सहिद घोषणा, विद्युतीय एम्बुलेन्समा कर छुट, एनसेल प्रतिवेदन सार्वजनिक गरिने

Prabhu Bank Limited
मन्त्रिपरिषद्का निर्णयः चार जनालाई सहिद घोषणा, विद्युतीय एम्बुलेन्समा कर छुट, एनसेल प्रतिवेदन सार्वजनिक गरिने
New Office

 

काठमाण्डौ । सरकारले हालैको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयको प्रस्तावमा चार जनालाई सहिद घोषणा गरिएको हो।

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट

सरकारले स्वास्थ्य सेवा विस्तार र विद्युतीय सवारीको प्रयोग प्रोत्साहन गर्ने उद्देश्यले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा कर छुट दिने निर्णयसमेत गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा आयात हुने वा स्वदेशमै उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार विकास शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

वैदेशिक रोजगार बोर्डमा उप्रेती नियुक्त

मन्त्रिपरिषद्ले बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न अनुमति दिने निर्णयसमेत गरेको छ।

एनसेल सेयर कारोबारसम्बन्धी प्रतिवेदन सार्वजनिक हुने

सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो।

प्रधानमन्त्रीको विदेश भ्रमणको तयारी

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण तथा छिमेकी मुलुकका उच्च अधिकारीहरूको सम्भावित नेपाल भ्रमणका विषयमा सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रोटोकल र तयारीअनुसार काम गरिरहेका छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नियुक्ति, कर सहुलियत, कूटनीतिक विषय तथा सार्वजनिक चासोका प्रकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X