बुधबार, भाद्र ३,२०८३ 02:45:40
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:45:40
Bizshala
Global IME Bank Limited

अमेरिकी तेल कम्पनी र भेनेजुएलाबीच सम्झौता हुँदै

अमेरिकी तेल कम्पनी र भेनेजुएलाबीच सम्झौता हुँदै
New Office

काठमाण्डौ । भेनेजुएलामा तेल उत्पादन बढाउने उद्देश्यले केही स्वतन्त्र अमेरिकी तेल कम्पनीहरूले राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसएसँग उत्पादनसम्बन्धी सम्झौता गर्ने तयारी गरेका छन्। सम्झौतामा आगामी दिनमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

पोलिटीकोका अनुसार योजनाबारे जानकारी राख्ने तीन स्रोतले अमेरिकी कम्पनीहरू र पीडीभीएसएबीच सम्झौताको तयारी भइरहेको बताएका छन्। सम्झौता हस्ताक्षर समारोह अमेरिकाको ह्युस्टनमा आयोजना गर्ने तयारी गरिएको छ, जहाँ अमेरिकी तेल उत्पादक कम्पनीका प्रतिनिधि तथा पीडीभीएसए अधिकारी सहभागी हुनेछन्। भेनेजुएलाका तेलमन्त्री र पीडीभीएसएको अन्वेषण विभागका प्रमुखसमेत समारोहमा सहभागी हुन सक्ने बताइएको छ।

यी सम्झौताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन बढाउन अघि बढाएको प्रयासको हिस्सा भएको जनाइएको छ। गत अप्रिलको अन्त्यमा अमेरिकी अधिकारीहरूले काराकास भ्रमण गरी नयाँ तेल उत्पादनसम्बन्धी सम्झौताका लागि आधार तयार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

Bizshala
CG Motors

उर्जा परामर्शदाता डेभिड गोल्डविन का अनुसार आगामी वर्षहरूमा भेनेजुएलाको तेल उत्पादन वृद्धिको प्रमुख स्रोत स्वतन्त्र अमेरिकी तेल कम्पनीहरू बन्न सक्नेछन्। ठूला बहुराष्ट्रिय तेल कम्पनीहरू भने भेनेजुएलाको राजनीतिक परिस्थितिबारे थप स्पष्टता पर्खिरहेको अवस्थामा स्वतन्त्र कम्पनीहरूले परियोजनाका जोखिमलाई तुलनात्मक रूपमा छिटो व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ।

गोल्डविनका अनुसार नयाँ लगानीबाट आगामी एक वर्षमा भेनेजुएलाको तेल उत्पादन प्रतिदिन करिब ३ लाख ब्यारेल बढ्न सक्ने अनुमान छ। यद्यपि, उत्पादनमा त्यसभन्दा ठूलो वृद्धि हासिल गर्न देशको विद्युत् आपूर्ति प्रणाली पुनर्स्थापना गर्नुका साथै राजनीतिक तथा आर्थिक वातावरणलाई थप स्थिर बनाउन आवश्यक रहेको उनले बताएका छन्।

भेनेजुएला विश्वका ठूला तेल भण्डार भएका मुलुकमध्ये एक भए पनि लामो समयदेखि लगानीको अभाव, पूर्वाधारको कमजोर अवस्था, विद्युत् आपूर्ति समस्या तथा राजनीतिक–आर्थिक अस्थिरताका कारण आफ्नो तेल उत्पादन क्षमताको पूर्ण उपयोग गर्न सकेको छैन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.