भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त राजश्व कतारको बैंकमा जम्मा नगरिने, बिक्री आम्दानी १ अर्ब डलर नाघ्यो
काठमाण्डौ । भेनेजुएलाको तेल बिक्रीबाट प्राप्त रकम अब कतारको बैंक खातामा जम्मा नहुने भएको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले एनबिसी न्यूजसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।उनका अनुसार पहिले कतारमा एउटा खाता खोलिएको थियो, जुन सधैं अमेरिकी सरकारले नियन्त्रणमा राखेको थियो। त्यसबाट पैसा भेनेजुएलातिर पठाइन्थ्यो। ‘अब हामीसँग अमेरिकी कोषमा खाता छ, र पैसा कतार जान सक्दैन,’...

