काठमाण्डौ । दक्षिण अमेरिकामा तनाव झनै बढेको छ । अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएसँगै तनाव बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामीले भेनेजुएलाको तटबाट भर्खरै एउटा ट्याङ्कर जफत गरेका छौं, यो धेरै ठूलो छ, वास्तवमा अहिलेसम्मको सबैभन्दा ठूलो ट्याङ्कर जफत गरिएको छ।’
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले ट्याङ्करलाई विदेशी आतंकवादी संगठनहरूलाई समर्थन गर्ने अवैध तेल ढुवानी नेटवर्कमा संलग्न भएको कारण धेरै वर्षदेखि प्रतिबन्ध लगाइएको बताए।
उनले सामाजिक सञ्जालमा एउटा क्लिप पोस्ट गरे, जसमा अमेरिकी सैनिक हेलिकप्टरबाट जहाजमा चढेको देखिन्छ। भेनेजुएला सरकारले यसप्रति कडा प्रतिक्रिया जनाएको छ र अमेरिकालाई डकैती र अन्तर्राष्ट्रिय पाइरेसीको आरोप लगाएको छ।
भेनेजुएला सरकारले यसअघि अमेरिकाले आफ्ना राष्ट्रपति निकोलस मादुरोलाई हटाउन खोजेको आरोप लगाएको थियो। अमेरिकाले पछिल्ला हप्ताहरूमा यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। उनले यसलाई लागुऔषध ओसारपसारविरुद्धको अभियान भनेका छन् ।

